मन्त्रालय भन्छ- बालबालिकामा मोबाइलको लत बस्न नदिऔं

नेपालखोज २०८० असार ११ गते ७:३७

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा असर पार्ने बताएकाे छ । मन्त्रालयले एक सूचना जारी गर्दै बालबालिकाले आँफै मोबाइल नचालाउने तर अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्ने बताएकाे छ ।

मन्त्रालयले मोबाइलको लत लागेका बालबालिकामा निन्द्रा ढिलो लाग्ने, निन्द्रा पातलो हुने र निन्द्राबाट पटक पटक ब्युझने समस्या देखिने भन्दै आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउन पनि अनुराेध गरेकाे छ ।

‘मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफुले के कुरा खाइरहेको छु, कस्तो खानेकुरा, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन् जसका कारण पोषण सम्बन्धित समस्या, पाचन प्रणालीमा समस्या हुन सक्दछ’ मन्त्रालयले भनेकाे छ, ‘खाना खुवाउँदा अभिभावकले बच्चाहरूसँग बोलेर खेलेर, डुलाएर. गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउनुपर्छ ।’

मन्त्रालयले मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिदै जाने साथै रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुने पनि बताएकाे छ ।

प्रतिक्रिया