बिहीबार, जेठ २, २०८२

सामान पार्सल पठाई दिन्छु भनी अनलाईन ठगी गर्ने एक महिला पक्राउ

नेपालखोज २०८० असार ११ गते ९:४६

काठमाडौं । सामान पार्सल पठाई दिन्छु भनी अनलाईन मार्फत ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् ।

इङल्याण्डबाट पार्सल पठाएको जाँचस्वरुप ८ लाख ४० हजार ठगी गरेको आरोपमा ललितपुरकी ४० बर्षिया चण्डिका पोखरेललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

इङल्याण्डको नागरिक बताउने उनले सामाजिक सञ्जालमार्फत साथी बनेर मायाको नाटक गरी नेपाल आएर विवाह गर्ने आश्वासन दिएको र पार्सल पठाउने र सो सामान पठाउदा लाग्ने कष्टम र डलर चार्जवापतको रकम पठाउनु भनि अनलाइनमार्फत ठगी गरेको पीडितको आरोप छ ।

पक्राउ परेकी महिलालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया