शनिबार, जेठ ५, २०८१

पढ्ने रहर पूरा गर्दै महिला

नेपालखोज २०८० असार ११ गते १४:२८

घोराही । उपमहानगरपालिका १८ रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा पढ्न थालेपछि अहिले उनका ती समस्या टरेका छन् । सामान्यरुपमा पढ्न र लेख्नदेखि बैंकमा भौचर भरेर पैसा जम्मा गर्नसक्ने भएको खड्का बताए ।

घोराही उपमहानगरपालिका १८ रझेना निवासी ४९ वर्षीय विमला मानन्धर पनि कक्षा १ मा अध्ययन गर्दै आएका छन् । पछिल्लो समय अन्य विद्यार्थी जस्तै उनि हरेक दिन किताब, कापी झोलामा बोकेर अध्ययनका लागि विद्यालय आउने गर्दछिन् ।

घरायासी कामसँगै छोरीले पढ्नु हुदैन भन्ने परम्परागत सोचका कारण सानोमा पढ्न नपाउनुभएकी विमला अहिले भने अनौपचारिक शिक्षामा सहभागी हुन थालिकी छिन् ।

सानै देखिको पढ्ने रहर पूरा गर्नकै लागि ४९ वर्षको उमेरमा पनि उनि नियमित विद्यालय जाने गरेकी छिन् । चेतना महिला अनौपचारिक विद्यालयमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पढाइ हुने गरेको छ । विमला भनछिन्, ‘सानो छँदा पढ्छुभन्दा पनि छोरीले पढ्न पाउने अवस्था थिएन । बिहेपछि घर व्यवहारले च्यापी हाल्यो । त्यसैले गर्दा बुढेसकालमा पढ्न थालेको छु ।’

चौध वर्षअघि दाङको घोराहीमा स्थापना भएको चेतना महिला अनौपचारिक विद्यालयमा कक्षा १ देखि ७ सम्म अहिले ३० महिलाले अध्ययन गर्दै आएका छन् । महिलाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीकै कोर्षअनुसार पठनपाठन गर्दै आएको विद्यालयकी प्रधानाध्यापक सुमित्रा पन्थीले बताइन् ।

उनले भनिन्, ‘१४ वर्षअघि सञ्चालन भएको विद्यालयमा कोरोना भाइरसको सङ्क्रमणअघिसम्म राम्रो विद्यार्थी हुने गरेका थिए । करिब एक सय बढी दिदीबहिनी आउने गर्दथे । कहाँ राखेर पढाउने भन्ने समस्या हुने गरेको थियो तर अहिले पढ्नेहरू कम छन् ।’

साक्षर जिल्ला घोषणा भएको छ तर अहिले पनि समाजमा पढ्न लेख्नसँगै आफ्नो नाम लेख्न नजान्ने महिलालाई शिक्षा दिने काम गर्दै आएको प्रधानाध्यापक पन्थी बताइन् ।

उनले भनिन्, ‘अहिले पनि समाजमा पढ्ने र लेख्ने रहर भएर पनि पढ्न नपाएका महिला छन् । उनिहरुलाई मध्यनजर गरेर खुलेको यो विद्यालय हो ।

यस विद्यालयमा अध्ययन गरेका महिला एसइईसँगै कतिपयले स्नाकोत्तरसम्म अध्ययन गरिरहेका छन् । करिब १४ वषको अवधिमा दुई हजार पाँच सयभन्दा बढी महिलाले यस विद्यालयबाट आध्ययन गरिसकेका छन् ।’ वि.सं २०६८ मा छ महिला मिलेर सञ्चालन गरिएको यस विद्यालयले जेष्ठ महिलालाई पढाएबापत चार सय शुल्क लिने गरेको छ ।

अध्यापनका लागि चार महिला शिक्षक छन् तर उनीहरु दरबन्दीवाला भने होइनन् । विद्यालयले नै शिक्षक राखेर तलबको व्यवस्था गर्ने गरेको छ । तलबबापत मासिक चार हजार दिने गरिएको प्रधानाध्यापक पन्थीले बताइन्।

करिब डेढ कट्ठा जग्गामा दुई वटा भवन निर्माण गरेर पठनपाठनको काम हुँदै आएको छ तर गृहिणी महिलाले पढ्ने विद्यालयलाई कतैबाट सहयोग आउन नसकेकाले रझेनामा भवन निर्माणको सुरु भएको सात-आठ वर्ष पूरा हुँदासमेत पूर्णता पाउन नसकेको शिक्षिका सुधा गौतमले बताइन् ।

प्रतिक्रिया