आईसीसी एकदिवसीय वरियतामा नेपाल यथावत स्थानमा

नेपालखोज २०८० असार ११ गते १६:४७

काठमाडाैं । आईसीसी एकदिवसीय वरितामा नेपाल पहिलाकै स्थानमा यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले आइतबार सार्वजनिक गरेको वरियता अनुसार नेपाल १४औं स्थानमा यथावत रहेको हाे ।

एकदिवसीय वरियतामा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । उसको २७१४ अंक रहेको छ भने दोस्रो वरियतामा रहेको पाकिस्तानको २३१६ अंक रहेको छ । अष्ट्रेलियाको रेटिङ ११८ छ भने पाकिस्तानको ११६ छ । भारत ३८०७ अंक र ११५ रेटिङका साथ तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै न्युजिल्याण्ड चौथो, इंग्ल्याण्ड पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश र श्रीलंका क्रमस सातौं र आठौं स्थानमा रहेका छन् । अफ्गानिस्तान नवौं स्थानमा रहँदा वेस्ट इन्डिज दशौं र जिम्बाबे एघारौं स्थानमा छ । 

प्रतिक्रिया