जिम्बावेसँग अमेरिकाकाे फराकिलाे अन्तरकाे हार

नेपालखोज २०८० असार ११ गते १९:२८

काठमाडाैं । आईसीसी एकदिवसीय विश्व कप छनाेटमा जिम्बावेले अमेरिकालाई ३ सय ४ रनकाे फराकिलाे अन्तरले हराएकाे छ । जिम्बावेले दिएकाे ४ सय ९ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे अमेरिका २५ ओभर १ बलमा १ सय ४ रनमा अलआउट भयाे ।

यो एकदिवसीय अन्तर्राष्ट्रियमा रनकाे आधारमा दोस्रो सबैभन्दा फराकिलाे अन्तरकाे हार हाे । एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलाे अन्तरकाे हार श्रीलङ्काले बेहाेरेकाे छ । गएकाे जनवरीमा भारतले घरेलु मैदानमा भएकाे खेलमा श्रीलङ्कालाई ३ सय १७ रनले हराएकाे थियाे ।

याे हारसँगै अमेरिका प्रतियाेगितामा जितविहीन बनेकाे छ । अमेरिका ४ वटै खेलमा पराजित भएकाे हाे । जिम्बावे भने प्रतियाेगितामा अपराजित बन्याे ।

प्रतिक्रिया