आइतबार, जेठ ६, २०८१

उत्तर इजिप्टमा भवन भत्किँदा कम्तीमा ४ जना घाइते

नेपालखोज २०८० असार ११ गते २२:१९

कायरो । इजिप्टको तटीय शहर अलेक्जान्ड्रियामा सोमबार एउटा १३ तले आवासीय भवन भत्किँदा कम्तिमा चार जना घाइते भएको बताइएको छ ।

त्यसैगरी दुर्घटनामा अरु थुप्रै भग्नावशेषमुनि फसेका छन् । उद्धार टोलीहरू भग्नावशेष हटाउन र जीवित व्यक्तिहरूको खोजी गर्न घटनास्थलमा पुगिसकेको अलेक्जान्ड्रियाका गभर्नर मोहम्मद ताहेरले राज्य सञ्चालित नाइल टिभीलाई बताउँनु भएको छ । सो भवनमा सामान्यतया गर्मीको समयमा छुट्टी मनाउनेहरू जानेर गर्दछन् ।

गभर्नरले भवन जीर्ण भएको र माथिल्लो तलालाई सुरक्षाका कारण भत्काउन आवश्यक रहेको र पूरै भवन परीक्षणको प्रक्रियामा रहेको पनि बताउँनु भएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीले नाइल टिभीलाई बताएअनुसार घाइतेहरूलाई नजिकैका सरकारी अस्पतालहरूमा पुर्याउँन १० वटा एम्बुलेन्स पठाइएको थियो।

बेपत्ताहरुको यकिन सङ्ख्या भने थाहा हुन सकेको छैन । भवन भत्किएपछि आगलागी भएकाले जिकैका दुईवटा भवन खाली गराइएको छ ।

प्रतिक्रिया