भारी वर्षा र हावाहुरीकाे सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोसी र बागमती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा मधेश प्रदेशका र कोसी प्रदेशको र तराईका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा ।
कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीकोसमेत सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया