बढ्यो सुनचाँदीको मूल्य

नेपालखोज २०८० असार १२ गते १२:४९

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही दिनदेखि निरन्तर बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५० हजार ५० रुपैयाँ निर्धारण भएको छ ।आइतबार र सोमबार सुनको भाउ क्रमशः प्रतितोला ४०० र २०० रुपैयाँले बढेको थियो । यसअघि सोमबार सुनको मूल्य १ लाख १० हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया