बिहीबार, जेठ २, २०८२

बालेनसँग तत्काल स्पष्टीकरण नलिन उच्च अदालतको अन्तरिम आदेश

नेपालखोज २०८० असार १२ गते १७:५४

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयनमा नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीशहरु गोकर्ण डाँगी र जगदिश घिमिरेको इजलासले बालेनसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार १ गतेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

उच्च अदालतले सुविधा सन्तुलनको दृष्टिले विचार गर्दा नागरिक उड्डयन प्राधिकरणको निर्णय अघि बढाइ अहिले नै कार्यान्वयन गर्नुपर्ने स्थिति नभएको भन्दै मुद्दाको अन्तिम सुनुवाई हुँदा स्पष्टीकरणबारे निरुपण हुने बताएको छ ।

हेर्नुहोस् आदेश:

प्रतिक्रिया