संसारका उत्कृष्ट सहरहरू

काठमाडाैं । ग्लोबल लाइभबिलिटी इन्डेक्स (जीएलआई) जारी भएको छ । जीएलआईले विश्वका सहरहरूको मुल्यांकन गरेर सर्वाधिक बस्न लायक देखि खराब सहर सम्मको सूची तयार गर्छ । यसमा चिकित्सा सुविधा, शिक्षा, संस्कृति, मनोरञ्जन, पूर्वाधार आदिलाई आधार बनाइन्छ । २०२३ को यो सुचिको शीर्ष ५ सहरमा मुख्यतया युरोप र अष्ट्रेलियाका सहरहरू छन्।
ग्लोबल लाइभबिलिटी इन्डेक्स (GLI) मा अस्ट्रियाको राजधानी भियना पहिलो स्थानमा छ। भियना लगातार दोस्रो पटक विश्वकै बस्न योग्य उत्कृष्ट सहर बनेको हो । यसको जीएलआई स्कोर ९८.४ छ ।
डेनमार्कको राजधानी कोपनहेगन संसारको दोस्रो सबैभन्दा बस्न योग्य सहर हो। यसको जीएलआई स्कोर ९८ अंक छ ।
ग्लोबल लाइभबिलिटी इन्डेक्स (GLI) का लागि चिकित्सा सुविधा, शिक्षा, संस्कृति, मनोरञ्जन, पूर्वाधार आदिका आधारमा प्रत्येक सहरलाई १०० पुर्णाङमा अङ्क दिइएको छ।
यो सूचीमा अष्ट्रेलियाको मेलबर्न तेस्रो नम्बरमा छ । यसको जीएलआई स्कोर ९७.७ छ । कोभिड–१९ पछि यहाँको चिकित्सा सुविधामा उल्लेख्य सुधार आएको छ ।
यो सूचीमा अष्ट्रेलियाको सिड्नी सहर चौथो नम्बरमा छ । सिड्नीको जीएलआई स्कोर ९७.४ छ। सिड्नीले स्वास्थ्य, शिक्षा तथा पूर्वाधारका आधारमा यो अंक पाएको हो ।
क्यानाडाको भ्यानकुभर ग्लोबल लाइभबिलिटी इन्डेक्सको पाँचौं स्थानमा छ । यसको जीएलआई स्कोर ९७.३ छ। विविधताका हिसाबले यो क्यानाडाको मुख्य शहर हो।
प्रतिक्रिया