अदालतको अवहेलनामा सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ
नेपालखोज
२०८० असार १२ गते १८:०८

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग लिखित जवाफ मागेको छ ।
बालेनविरूद्ध परेको निवेदनको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले मेयर बालेनसँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।
आइतबार सर्वोच्चमा मेयर शाहविरूद्ध अवहेलनाको निवेदन परेको थियो । यसअघि सरकार र अदालतलाई आफूले नमान्ने बरु कारबाही भोग्न तयार रहेको अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध रिट दर्ता गरेकी थिइन्।
सम्बन्धित
प्रतिक्रिया