नेपालखोज दिनभर : खबर सारांश
ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो ।
बालेनसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उच्च अदालतको अन्तरिम आदेश ।
अदालतको अवहेलनामा सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ ।
नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने धर्म गुरु पक्राउ ।
कांग्रेसको सदस्यता अनलाइनबाटै लिन सकिने ।
सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयको परिपत्र ।
नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारी नियुक्त ।
त्रिवि विमानस्थलमा यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै जान पाउने ।
जसपाको विधान अधिवेशन सम्पन्न ।
बागमती प्रदेशसभाको बैठक स्थगित, भोलि बस्ने ।
गण्डकी प्रदेशसभामा विनियोजन विधेयकमाथि छलफल सुरु ।
विश्वकप क्रिकेट २०२३ को खेल तालिका सार्वजनिक ।
साफ च्याम्पियनसिपको अन्तिम खेलमा पाकिस्तानमाथि नेपालको जीत ।
प्रतिक्रिया