कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
नेपालखोज
२०८० असार १३ गते ७:३२

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ । प्रदेशसभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो ।
आजकाे बैठकमा प्रदेश सरकारको प्रस्तुत गरेका आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेट तथा कार्यक्रम माथी आजबाट छलफल सुरु हुनेछ । मन्त्रालयगत रुपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया