अमेरिकामा दशकौंपछि मलेरियाका बिरामी
नेपालखोज
२०८० असार १३ गते ८:५०

फ्लोरिडा । अमेरिकाकाे टेक्सासमा दशकौंपछि मलेरियाका बिरामी भेटिएका छन् । अमेरिकाको फ्लोरिडा र टेक्सासमा मलेरियाका बिरामी भेटिएका जनाइएकाे छ । दशकौंपछि मलेरियाका बिरामी फेला परेपछि त्यहाँ सतर्कता अपनाइएको छ ।
अमेरिकाको फ्लोरिडा र टेक्सासमा २० वर्षमा पहिलो पटक लामखुट्टेबाट सर्ने घातक रोग औलोका पाँचवटा घटनाको पुष्टि भए पछि अहिले पुन भेटिएका हुन् ।
पछिल्लो प्रकरणको पुष्टि गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दुई महिनाको अवधिमा टेक्सासमा एउटा र फ्लोरिडामा चारवटा केस पत्ता लागेको बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया