राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुमा ६६ करोड रुपैयाँ लगानी गर्ने

नेपालखोज २०८० असार १३ गते ९:१९

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा ६६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार उपदान तथा कोषमा रहेको रकम तीन सय ६५ दिने मुुद्दती निक्षेपकोरुपमा २०८० असार २१ गतेदेखि २०८१ असार २१ गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुद्दती निक्षेपकोरुपमा राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि ५२ करोड ८० लाख, बिकास बैंकहरुको लागि नौ करोड ९० लाख र फाईनान्स कम्पनीहरुको लागि तीन करोड ३० लाख रुपैंयाँ छुट्याइएको छ । राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही असार १५ गतेसम्ममा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया