काठमाडौं महानगरपालिकाका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन

नेपालखोज २०८० असार १३ गते ९:३५

काठमाडौं । मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएका छन् ।

महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिन भित्र पेस गर्न निर्देशन दिएका हुन् ।  

पछिल्लो समय सहकारीमा आर्थिक संकट सिर्जना भएको तथा चरम अनियमिताको खबर सार्वजनिक भइरहेको बेला महानगरले सो सूचना जारी गरेको हो ।

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेस नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया