क्रिकेट विश्वकप-२०२३ को पुरस्कार राशि

नेपालखोज २०८० असार १३ गते १०:३४

काठमाडौं । क्रिकेटको इतिहासमा पहिलो पटक भारतले विश्वकपको सम्पूर्ण प्रतियोगिता आयोजना गर्ने भएको छ । आइसिसी पुरुष क्रिकेट विश्वकप २०२३ लाई क्रिकेटमा ठुलो प्रतियोगिता मानिन्छ, जसमा पुग्ने छनोटबाट भर्खरै नेपाल बाहिरिएको छ । अहिले सारा विश्वका क्रिकेटप्रेमीहरुको नजर यसै वर्ष हुन गइरहेको विश्वकपमा केन्द्रित छ ।

आइसिसी विश्वकप २०२३ मा विश्वभरका १० टिम सहभागी हुने छन् । यो आइसिसी विश्वकप हरेक वर्ष आयोजना हुन्छ । यो प्रतियोगिताको विजेता टिमले करोडौँ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । आइसिसीले यो वर्षको विश्वकप विजेतालाई ठुलो रकमको पुरस्कार दिने भएको छ । आइसिसीको यो विश्वकप क्रिकेट टिमहरूका लागि सुनौलो अवसर साबित हुनेछ ।

आइसिसीका अनुसार यस पटक विश्वकप २०२३ को विजेता टिमलाई ४० लाख डलर अर्थात् नेपाली मुद्रामा साढे ५२ करोड रुपैयाँ भन्दा बढी प्रदान गरिनेछ। विश्वकप जित्ने टिम सँगै फाइनलमा प्रतिस्पर्धा गर्ने उपविजेता टिमले पनि करोडौँ रुपैयाँ प्राप्त गर्नेछ ।

आइसिसीका अनुसार विश्वकपको उपविजेतालाई २० लाख डलर अर्थात् सवा २६ करोड रुपैयाँ दिइनेछ । विजेता र उपविजेता बाहेक सेमिफाइनल खेल्ने टिमले ८-८ लाख डलर अर्थात् झन्डै साढे १० करोड रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगितामा सहभागी टिमलाई १० हजार डलर अर्थात् १३ करोड १५ लाख रुपैयाँ दिइनेछ ।

यस पटकको विश्वकप क्रिकेटमा १० वटा देशले प्रतिस्पर्धा गर्नेछन् भने यसका लागि भारतका १० स्थानमा ४८ खेल हुनेछन् । पछिल्लो पटक सन् २००७ मा भारतमा विश्वकपको आयोजना भएको थियो ।

प्रतिक्रिया