बुधबार, जेठ ९, २०८१

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान सुरु

नेपालखोज २०८० असार १३ गते १५:५९

काठमाडाैं । सानिमा रिलायन्सलाईफ ईन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको जानकारी दिएको छ ।

उक्तपुनर्जागरण अभियान यही २०८० सालअसार ११ गते देखि २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनै पनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्बशुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमा लेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया