लेबनानकाे लगातार तेस्रो जित
नेपालखोज
२०८० असार १३ गते १८:५९

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा आमन्त्रित टोली लेबनानले लगातार तेस्रो जित निकालेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै लेबनानले लगातार तेस्रो जित निकालेको हो ।
जितसँगै लेबनानले ३ खेलमा ९ अंक जोडेको छ । समूह ‘बी’ मा रहेको लेबनान समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया