‘जब आफैंलाई चिनिन्छ तब मात्र सफलताको आनन्द आउँछ’

काठमाडाैं । अभिनेता मनोज बाजपेयीले आफ्नो फिल्मी करियरमा धेरै उतारचढाव देखेका छन् । उनले आफ्नो सफलता र संघर्षका बारेमा भनेका छन् ९ मेरो जीवनको सबैभन्दा खराब चरण त्यो थियो जब म दिल्लीबाट मुम्बई गए । दिल्लीमा हामी १२ घण्टा काम गर्थ्यौं, तर थकाइ लाग्दैनथ्यो । किनभने त्यहाँ अचम्मको रचनात्मक सन्तुष्टि मिल्थ्यो, खुसी मिल्थ्यो ।
हामीलाई थाहा थिएन कि खाना कहाँबाट आउँछ, हामीलाई यो पनि थाहा थिएन कि हामी यति टाढा थिएटर गर्न आएका थियौं तर पैसा नभएका कारण हामी कसरी फर्कन्छौ रु धेरै पटक १०–१० किलोमिटर हिडेर फर्कनु परेको थियो । हिँड्दै गर्दा मनमा भोलिपल्टको रिहर्सलको तयारीको कुरा मात्र आउथ्यो । त्यसैले म दिल्लीमा व्यस्त थिए, सारा भोकका बाबजुद पनि खुसी थिएँ।
मुम्बई आउँदा उनले थिएटर गरेका थिएनन् । काम थिएन, पैसा थिएन, खाना थिएन । यस्तो अवस्थामा एक्कासी आफ्नै प्रतिभामा प्रश्नचिह्न लाग्न थाल्छ सायद म त्यति राम्रो अभिनेता होइन जति मानीसहरु भन्छन् । जब हामि आफ्नो प्रतिभामाथि शंका गर्न थाल्छौं , त्यो सबैभन्दा खराब समय हो। त्यो समय मेरा लागि निकै कठिन थियो । त्यो चरण सबैभन्दा खराब हुन्छ जब तपाई आफैंमा खोज्न थाल्नुहुन्छ कि तपाई वास्तवमै राम्रो हुनुहुन्छ कि मानिसहरूले तपाईलाई बाहिर उल्लु मात्र बनाइरहेका छन् ।
जब यो चरण पार गरिन्छ तब हामीलाई सफलताको अर्थ पनि थाहा हुन्छ र सफलताको आनन्द पनि लिन सकिन्छ ।
– संघर्षले हामीलाई परिष्कृत गर्दछ, अझ राम्रो बनाउँछ
– संघर्षले हामिलाई धेरै कुरा सिकाउँछ ।
– म खुसी छु कि मैले यो रोलर कोस्टरमा सवारी गरेको छु।
– संघर्षको एउटा गुण के हो भने यसले तपाईंलाई निखार्छ र राम्रो व्यक्ति बनाउँछ ।
– मलाई मेरा सीमाहरू राम्रो सँग थाहा थियो, त्यसैले मैले तिनीहरू विरुद्ध विद्रोह गरेर अगाडि बढ्ने प्रयास कहिल्यै गरिन ।
खराब समयलाई काट्नुपर्छ । यदि तपाईंले कठिन समयमा काम पाउनुभयो भने आभारी हुनुहोस् । तपाईं काम पाएका थोरै मानिस मध्ये हुनुहुन्छ भनेर आभारी हुनुहोस् अनि त्यो काम यसरी गर्नुहोस् कि त्यो आफ्नो उत्तम काम बनोस् । मेहनत गर्नुहोस्, कडा परिश्रम गर्नुहोस् यो सोचेर कि यो संसारमा तपाई भन्दा धेरै प्रतिभावान मानिसहरु छन । तर उनिहरुले त्यो काम गर्ने मौका पाएनन, तपाईले पाउनुभयो ।
म अभिनय गर्न सक्छु भन्ने कुरा सानैदेखि थाहा थियो । म सानो छँदा ठूला कलाकारहरुको अन्तर्वार्ता पढ्थें । १२ पास गरेर दिल्ली पुगेपछि एक दिन भित्ताहरुमा मेरो पनि पोस्टर पनि लाग्नेछ भन्ने लाग्यो । जब यो कुरा सत्य साबित भयो तब मैले के बुझे भने आफु के बन्ने हो त्यसको तयारी बाल्यकालबाटै सुरु हुन्छ।
(केही अन्तर्वार्तामा मनोज बाजपेयीबाट व्यक्त धारणामा आधारित ।)
प्रतिक्रिया