शुक्रबार, पुष ११, २०८२

युकेश र प्रदिप राष्ट्रिय सफ्ट टेनिसमा क्वार्टर फाइनलमा प्रवेश

नेपालखोज २०८० असार १४ गते ८:३४

काठमाडौं । कोशी प्रदेशका युकेश योञ्जन र बागमती प्रदेशका प्रदिप खत्री प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० को क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा बुधबार मोरङको विराटनगरमा सुरु प्रतियोगिताअन्तर्गत पुरुष सिंगलतर्फ विजयी हुँदै युकेश र प्रदिप अन्तिम आठमा पुगेका हुन् ।

नवौँ राष्ट्रिय खेलकुदका स्वर्णधारी युकेश कोशीकै अर्का खेलाडी असलेस ढकाललाई हराएका थिए । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुदका रजत पदक विजेता प्रदिपले कोशीका आभाष बुढाथोकीलाई हराए ।

यसैबीच, आज पुरुष सिंगलअन्तर्गतका खेलमा अन्य १४ जना खेलाडी प्रिक्वार्टर फाइनल प्रवेश गरेका छन् ।

त्यस्तै, महिला सिंगलतर्फ बिमला पन्थी लुम्बिनी, जर्जिया चौधरी बागमती, ऋतिका चौधरी लुम्बिनी र श्रेया राई कोशी प्रदेश प्रिक्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

महिला तथा पुरुष सिंगल, महिला तथा पुरुष डबल्स र मिक्स गरेर पाँचवटा इभेन्ट्समा हुने प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १५ खेलाडीको सहभागिताको छन् ।

मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनमा सहिद रंगशालामा जारी प्रतियोगिता असार १६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया