शुक्रबार, असार ६, २०८२

संवादका लागि हरबखत तयार छौं, तर हिंसा मान्य छैन : योगेश भट्टराई

नेपालखोज २०८० असार १४ गते १८:२५

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले आफूमाथि पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् । तर, एमाले संवादको लागि तयार रहेको उनको भनाइ छ ।

७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई इलाम बजारमा कालो झण्डा देखाएका थिए ।

कार्यक्रममा जाँदै गर्दा इलाम बजारमा केहि व्यक्तिले कालो झण्डा देखाएपनि जिविस हलमा सानदार रुपले कार्यक्रम सम्पन्न भएको बताए ।

उनले फेशबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रुपमा लोकतन्त्र र चुनौतीका बारेमा मन्तब्य राखेको उक्त कार्यक्रममा सहभागिता मुलक छलफल पनि भएको थियो । एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो ।’

प्रतिक्रिया