मेघगर्जन/चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना

काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ भने कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
साथै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको तथा गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागले जनाएकाे छ ।
साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ(गर्जनरचट्याङ्ग सहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको तथा गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया