राष्ट्रियसभा बैठक बस्दै
नेपालखोज
२०८० असार १५ गते ८:२४

काठमाडाैं । राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ः३० बजे बस्नेछ ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विद्येयक २०८० को सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विद्येयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी विद्यायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विद्येयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसूचीमा उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया