शनिबार, जेठ ५, २०८१

बढ्यो सुनको मूल्य

नेपालखोज २०८० असार १५ गते १२:१५

काठमाडौं । चालु साताको अन्तिम कारोबार दिन आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया