मंगलबार, जेठ ८, २०८१

एनएमबी बैंकबाट किसानहरुले बिनाधितो दुई लाख रुपैैयाँसम्म कर्जा पाउन सक्ने

नेपालखोज २०८० असार १५ गते १८:२६

काठमाडौं । एनएमबीले बिना धितो किसानलाई कर्जा दिने नीति ल्याएको छ । बैंकले एनएमबि खेती कर्जा अन्तर्गत दुई लाख रुपैंयाँसम्म कर्जा उपलब्ध गराउने नीति ल्याएको हो ।

यस्तो कार्यको लािग एनएमबि बैंक र खेती एपबीच सम्झौता भएको छ । सम्झौता पत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसी र खेति एपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तुल्छि गिरिले हस्ताक्षर गरेका हुन् ।

सम्झौंता अनुसार अब किसानलाई ऋण लिन सहज हुने बैकको विश्वास छ । किसानले न्यूनतम तीन महिनाका लागि कर्जा पाउने छन् भने अधिकतम सीमा २४ महिना रहने बैंकले जनाएको छ । बैंकबाट किसानले १० हजारदेखि दुई लाख रुपैयाँसम्म कर्जा पाउने छन् ।

कर्जा लिन किसानको खाता एनएमबी बैंक र खेती एप दुबैमा हुनुपर्ने जनाइएको छ । अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ । कृषिलाई प्रविधि जोड्न, कर्जा छिटो छरितो पाउन र समान बिक्री वितरण किन्न सहज हुने बिश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया