आइतबार, वैशाख १४, २०८२

‘आफ्नो क्षमतालाई सही समय र सही ठाउँमा प्रयोग गर्नुहोस्’

नेपालखोज २०८० असार १६ गते ५:४४

स्वामी विवेकानन्दका गुरु रामकृष्ण परमहंस आफ्नो उपदेश, सरल स्वभाव र जीवनशैलीका लागि प्रसिद्ध थिए। उनलाई भेट्न दिनहुँ धेरै मानिसहरु आउँथे । प्रसिद्ध भएपछि पनि उनको स्वभाव परिवर्तन भएन र उनी सधैं आनन्दमा रहे ।

एक दिन उनी आफ्नो दैनिक काम गरिरहेका थिए । केही मानिस उनका अगाडि बसेका थिए । उनिहरु परमहंसको काम पूरा हुने पर्खाइमा थिए , ताकि उनीहरूले परमहंसको राम्रो कुरा सुन्न सकून् ।

त्यति नै बेला त्यहाँ एक महान साधु पुगे। ती सन्तको व्यक्तित्व यति प्रभावशाली थियो कि सबैले उनलाई आदर गर्थे। उनि परमहंस जीको अगाडि गएर उभिए । यता परमहंस आफ्नो काममा व्यस्त थिए, उनले सन्तलाई ध्यान दिएनन् ।

यो देखेर साधुलाई रिस उठ्यो र भने – मलाई चिन्नुभएन ? म पानीमा हिँडेर आएको छु । मसँग एउटा चमत्कारिक उपलब्धि छ, जसद्वारा म पानीमा नडुबि जमिनमा जस्तो हिँड्न सक्छु। मानिसहरूले मेर‍ यो चमत्कार प्रत्यक्ष देखेका छन् । तर तिमी त मलाई राम्रो सँग हेर्दा पनि हेर्दैनौ न त बोल्छौ ।

रामकृष्ण परमहंसले भन्नुभयो – भाइ तिमी धेरै ठूला मान्छे हौ र तिमीमा सिद्धि पनि छ तर एउटा कुरा म तिमीसँग सोध्न चाहन्छु कि तिमीसँग यति ठुलो सिद्धि छ तर तिमिले यति सानो काम किन गरेको ?

यदि खोला पार गर्नु थियो भने डुङ्गावालालाई दुई पैसा दिए उसले सजिलै पारी पुर्‍याउने थियो । दुई पैसामा गर्न सकिने कामका लागि यति ठुलो तपस्या गरेका छौ । तै पनि तिमी यो उपलब्धिको प्रदर्शन गर्दैछौ । यो कुरा सन्तलाई सुहाउँदैन । सन्तले घमण्ड गर्नु हुँदैन ।

परमहंसक‍ो यो कुरा सुनेर ती साधु लज्जित भए। परमहंसको शिक्षा : यो कथामा रामकृष्ण परमहंसले के सन्देश दिएका छन् भने – यदि हामीसँग कुनै विशेष क्षमता छ, कुनै उपलब्धि छ भने त्यसको प्रदर्शन गर्नु हुँदैन। आफ्नो शक्तिको घमण्ड गर्ने र अरुलाई सानो मान्ने ब्यक्तिले कतै इज्जत पाउँदैन । हामीले आफ्नो शक्ति सही समयमा र सही ठाउँमा प्रयोग गर्नुपर्छ।

प्रतिक्रिया