मंगलबार, वैशाख ३०, २०८२

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको  सम्भावना

नेपालखोज २०८० असार १६ गते ६:००

काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो  देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा  बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ । आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोसी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने साथै  लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया