केन्यामा सडक दुर्घटनामा ४८ जनाको मृत्यु
नेपालखोज
२०८० असार १६ गते ७:३३

काठमाडाैं । पश्चिमी केन्याको लन्डियानीमा भएको सडक दुर्घटनामा ४८ जनाको मृत्यु भएको छ । ढुवानी कन्टेनर बोकेको लरी सडकबाट ओर्लिएर धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनापछि यसका धेरै भिडियोहरु सार्वजनिक भएका छन् । भिडियोहरूले क्षतिग्रस्त मिनी बसहरू र ट्रकहरू साथै कार र मोटरसाइकलका टुक्राहरू देखिएकाे छ ।
रिपोर्टका अनुसार क्षेत्रीय प्रहरी कमाण्डर टम ओडेराले घटनाको जानकारी दिएका छन्। उनले शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४८ पुगेको बताए ।
दुर्घटनाको समयमा त्यहाँ उपस्थित चालक पिटर ओटिएनोले तीव्र गतिमा एउटा ट्रेलर आइरहेको देखेको बताए । ‘मैले कारलाई घुमाएँ र ठोक्किनबाट जोगिए,’ उनले भने । उनका अनुसार करिब २० वटा शव आफ्नै आँखाले देखेको बताए । यस क्रममा अन्य धेरै शव पनि सवारीसाधन मुनि थिए ।
सम्बन्धित
प्रतिक्रिया