न्यूयोर्कमा विश्वको सबैभन्दा विषालु हावा

न्यूयोर्क । विश्व प्रसिद्व अमेरिकाको न्यूयोर्क सहर शुक्रबार विश्वको सबैभन्दा खराब बायु गुणस्तर भएको सहरको सूचीमा परेको छ ।
QAir द्वारा संकलित सूची अनुसार हिजो शुक्रबारसम्म साँझ , न्यूयोर्क, टोरन्टो, मोन्ट्रियल र वाशिङ्टन डीसी विश्वव्यापी प्रदूषणको सूचीमा शीर्ष स्थानमा थियो । क्यानडाको जङ्गलमा लागेको डढेलोबाट निस्कने कणको भारी मात्राले प्रमुख अमेरिकी सहरहरूमा बाक्लो धुवाँ फैलिएको छ ।
क्यानाडाका प्रान्तहरूमा ५०० भन्दा बढी आगो बलिरहेको छ जसको कारण धुवाँले गर्दा पूर्वी क्यानडा र अमेरिकाको मध्यपश्चिम र उत्तरपूर्वलाई असर गरेको छ । धुवाँको कारण, जनस्वास्थ्य अधिकारीहरूले मास्क वितरण गरेका छन् र मानिसहरूलाई घर भित्रै बस्न सल्लाह दिएका छन् ।
१२० मिलियन भन्दा बढी अमेरिकीहरू, जनसङ्ख्याको लगभग एक तिहाइ शुक्रबारसम्म वायु प्रदूषणले प्रभावित भएको बताइन्छ । QAir को सूचकाङ्कमा १६१ अङ्क प्राप्त गर्दै ‘अस्वस्थ वायु’ लाई सङ्केत गर्दै न्यूयोर्कलाई विश्वको सबैभन्दा विषालु हावा भएको सहरको रूपमा स्थान दिइएको छ । टोरन्टो, मोन्ट्रियल, वाशिङ्टन डीसी र सिकागो दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।
QAir ले १०० र १५० बीचको हावाको गुणस्तरलाई ‘संवेदनशील समूहहरूका लागि अस्वस्थ’ भनी वर्गीकरण गरेको छ । क्यानडाको ओन्टारियो र अमेरिकाको ओहायो नदी उपत्यकाका बासिन्दाहरू: न्यूयोर्क, पेन्सिल्भेनिया, ओहायो, इन्डियाना, केन्टकी, वेस्ट भर्जिनिया र टेनेसीका भागहरूमा हावामा जलिरहेको प्लास्टिकको गन्ध आएको उक्त क्षेत्रका बासिन्दाहरूले रिपोर्ट गरेका छन् ।
विज्ञहरूका अनुसार यस्तो अवस्था तब हुन्छ जब धुवाँ लामो समयसम्म रहन्छ, जसले गर्दा सूर्यको विकिरणले यसलाई भत्काउँछ र विषाक्त बेन्जिन र फर्मल्डिहाइड छोड्छ ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले २०२३ को डढेलो सिजनलाई ‘अभूतपूर्व’ र रेकर्डमा सबैभन्दा खराब भएको बताएका छन् । आगोको लागि ट्रुडोले जलवायु परिवर्तनलाई दोषी ठहराए पनि खराब वन व्यवस्थापन र अधिकारीहरूले नियन्त्रणमा जलाउन नसक्नु यी विनाशकारी आगोको आधारभूत कारणहरू भएको आलोचकहरूले तर्क गर्छन् ।
JNB / INS
प्रतिक्रिया