श्री एयरलाइन्सले आज कुनैपनि उडान नगर्ने
नेपालखोज
२०८० असार १७ गते ८:३५

काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित गरिएको छ । विमान परिक्षणका लागि श्री एयरलाइन्स प्रा.लि.ले आजका लागि पुर्व निर्धारित सबै उडानहरु स्थगित गरेको हो ।
एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको उल्लेख गरिएको छ ।
सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन् । शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो ।
जसकारण धनगढी उडेको सो बिमान पुनः काठमाडौं नै फिर्ता गरी अबतरण गराईएको थियो । सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया