शुक्रबार, असार ६, २०८२

पहिलो पटक चलचित्रमा जोडि बाँध्दै

नेपालखोज २०८० असार १७ गते ११:५०

काठमाडाैं । बलिउडमा यस्ता धेरै कलाकार छन् जो पहिलो पटक पर्दामा जोडी देखिनेछन् । यस अघि उनिहरुले कहिल्यै एकसाथ काम गरेका थिएनन् ।

दीपिका पादुकोण- ऋतिक रोशन : दीपिका र ऋतिकले फिल्म फाइटरमा पहिलो पटक सँगै स्क्रिन सेयर गर्दैछन् ।

वरुण धवन- जान्हवी कपुर : दुवैले पहिलो पटक फिल्म ‘बावल’मा सँगै काम गर्न लागेका छन् ।

शाहरुख खान- तापसी पन्नु : तापसी पन्नु पहिलो पटक शाहरुख खानको अपोजिटमा राजकुमार हिरानीको फिल्म ‘डंकी’ मा देखिनेछिन् ।

रणवीर कपूर- रश्मिका मन्डन्ना : रणवीर कपूर र रश्मिका मन्डन्ना पहिलो पटक फिल्म एनिमलमा सँगै काम गर्दैछन् ।

शाहरुख खान – नयनतारा : शाहरुख खान र नयनतारा पहिलो पटक फिल्म जवानमा स्क्रिन सेयर गर्दैछन् ।

सारा अली खान – आदित्य रोय कपुर : सारा र आदित्य पहिलो पटक अनुराग बसुको आगामी फिल्म ‘मेट्रो इन डिनो’ मा सँगै काम गर्दैछन् ।

विजय सेतुपति – कट्रिना कैफ : पहिलो पटक विजय सेतुपति र क्याट्रिना कैफ स्क्रिन सेयर गर्दैछन् । दुवैले फिल्म ‘मेरी क्रिसमस’मा सँगै काम गरिरहेका छन् ।

प्रतिक्रिया