यूएईले दियो नेपालाई १८२ रनको लक्ष्य

नेपालखोज २०८० असार १७ गते १६:२८

काठमाडाैं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ । हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ४६.५ ओभरमा १८१ रन बनाउँदै अल आउट भयो । 

यूएईका लागि भ्रीत्या अर्भिन्दले सर्वाधिक ४४ रन बनाए ।  त्यस्तै रवहन मुस्ताफाले ३५, बसिद हमिदले २९, अर्यांश शर्माले २८ र सञ्चित शर्माले १२ रन बनाए ।

नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान तीन/तीन विकेट लिए । त्यस्तै प्रतिश जीसी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए । 

आजको खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया