कोशी सरकार गठन गर्न चार दिनको समय
नेपालखोज
२०८० असार १७ गते १९:४३

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले चार दिनको समय दिएर नयाँ सरकार गठनको आव्हान गरेका छन् ।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् । खापुङले नयाँ सरकार गठनका लागि चार दिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।
प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेको थियो । त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् ।
प्रदेश प्रमुखबाट सरकार गठनको आव्हान भएसँगै एमाले, काँग्रेस, माओवादीलगायतका दलहरू आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधुपमा लागेका छन् ।

सम्बन्धित

प्रतिक्रिया