आइतबार, वैशाख २३, २०८१

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी छान्न काठमाडौं महानगरले परीक्षा लिने

नेपालखोज २०८० असार १७ गते २२:२०

काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्तिको लागि छनोटसम्बन्धी परीक्षा महानगरपालिकाले लिने भएको छ ।

आगामी आर्थिक वर्षदेखि महानगर महानगरले परीक्षा सञ्चालन गर्न लागेको प्रमुख बालेन्द्र शाहले यस्तो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् यसबारे सूचना जारी गरेका छन् ।

‘काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएबमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि काठमाडौं महानगरपालिका आफैंले सञ्चालन गर्नेछ,’ महानगर प्रमुख शाहले उल्लेख गरेका छन् ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिने मेयर शाहले बताएका छन् ।

प्रतिक्रिया