नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
नेपालखोज
२०८० असार १८ गते ७:३६

काठमाडौं । नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि अवरुद्ध भएको सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको उक्त सडक साँझबाट सञ्चालन भएको थियो । सञ्चालनमा आएको केही समयमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया