आइतबार, वैशाख २३, २०८१

दुई सय ७६ वटा कम्पनीहरूको चार अर्ब पाँच करोडको सेयर किनबेच

नेपालखोज २०८० असार १८ गते १५:३०

काठमाडौं । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन झण्डै ५४ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि २१ दशमलव ३२ अंकले घटेर दुई हजार ७५ दशमलव ९७ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १७ अंकले घटेर तीन सय ८६ दशमलव ३५ अंकमा झरेको छ ।

दुई सय ७६ वटा कम्पनीहरुको ६४ हजार आठ सय ६८ पटकको कारोबारमा ९४ लाख १८ हजार नौं सय ५२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब पाँच करोड १० लाख ७८ हजार तीन सय ७५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा दुई वटा समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन समुहको सुचक एक सय १४ दशमलव ३४ अंकले बढेर पाँच हजार छ सय ४१ दशमलव ७५ अंकमा चढेकोमा ट्रेडिङ समुहको सुचक पनि १७ दशमलव शुन्य दुई अंकले बढेको छ ।

वाणिज्य बैंक समुहको सुचक भने आज १२ दशमलव ५५ अंंकले घटेर १२ सय १४ दशमलव ४० अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३२ दशमलव ९१ अंकले घटेर तीन हजार सात सय ४५ दशमलव १३ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि नौं दशमलव ७७ अंकले घटेर १८ सय ४४ दशमलव १९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३२ दशमलव ८६ अंकले घटेर २४ सय १७ दशमलव ९३ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय ३० दशमलव १८ अंकले घटेर १२ हजार तीन सय ३९ दशमलव ७४ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव ५० अंकले घटेर ११ हजार दुई सय ४० दशमलव नौं अंकमा झरेको छ ।

यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि क्रमशः शुन्य दशमलव ५५, ६२ दशमलव ५८, ५१ दशमलव ५४, शुन्य दशमलव १६ र १७ दशमलव ५१ अंकले घटेका छन् ।

नेप्सेमा आज सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १२ सय ८९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी लक्ष्मी इक्विटी फण्डको सेयर मुल्य आठ दशमलव ९५ प्रतिशतले घटेर आठ रुपैंयाँ ६५ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता पाँच सय ३२ रुपैंयाँ अन्तिम मुल्यमा २३ करोड ९४ लाख ४५ हजार सात सय ८५ रुपैंयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया