सोमबार, वैशाख २९, २०८२

जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

नेपालखोज २०८० असार १८ गते १९:५४

काठमाडौं । अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दाङ साविक उरहरी गाविस–८ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय नविन बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नविन बस्नेत समेतका प्रतिवादीहरूले पीडित महिलालाई २०६७ असार १५ गते राति दाङ तुलसीपुर नगरपालिका–५ नयाँ बसपार्कस्थित गेष्ट हाउसबाट अपहरण गरी दाङ तुलसीपुर नगरपालिका ५ र ९ को सिमानामा पर्ने एकान्तस्थल पातुखोला बगरमा लगि सामुहिक जबरजस्ती करणी गरेको अपहरण तथा जबरजस्ती करणी मुद्दामा घटनामा सर्वोच्च अदालतको २०७९ जेठ १० गतेको फैसलाले ६ वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं काभ्रेस्थलीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

त्यस्तै, रूपन्देहीमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सियारि गाउँपालिका–४ ओर्लहबा बस्ने ५० वर्षीय चन्द्रीका हरिजनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हरिजनले ती बालिकालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । हुम्लामा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अदानचुली गाउँपालिका–३ फडेरा गाउँ बस्ने २७ वर्षीय जनक बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कामको शिलशिलामा बुबासँगै उक्त गाउँमा गएकी ती बालिकालाई शनिबार राति जनकले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया