फिलाडेल्फिया गोलीकाण्ड : चार जनाको मृत्यु, चार घाइते
नेपालखोज
२०८० असार १९ गते १४:००

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार एक जना संदिग्ध आक्रमाणकारीलाई हिरासतामा लिइएको छ । दक्षिणपश्चिम फिलाडेल्फियाको किङसेसिङ खण्डमा राइफलबोकेको उसले किशोरमाथि गोली हानेको थियो ।
फिलाडेल्फिया इन्क्वायररका अनुसार घाइतेलाई तत्काल नजिकको अस्पताल पुर्याइएको थियो । गोली चलेको जानकारी पाउनेवित्तिकै प्रहरीको एउटा टोली आक्रमणस्थलमा पुगेको थियो ।
एक थान राइफल र एउटा ह्याण्डगन पनि प्रहरीले बरामद गरेको छ । घाइतेको अवस्थाबारे कुनै जानकारी दिइएको छैन । गत आइतबार बाल्टिमोरमा भएको यस्तै प्रकृतिको घटनामा दुई जनाले ज्यान गुमाएका थिएभने २८ जना घाइते भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया