घट्यो हवाई भाडा, कुन रूटमा कति ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती गरेको छ । नेपाल आयल निगमले हवाई इन्धनमा भाडा घटाएसंगै प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो ।
घटेको हवाई भाडा आजैदेखि कार्यान्वयन गरिएको छ । नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट) विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ ।
काठमाडौंबाट लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि ६१५ रुपैयाँ भाडा कम भएको छ ।
काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार२६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।
प्राधिकरणका अनुसार स्टल रूटतर्फ प्रतिसिट प्रतिमिनेट ५१.६८ रुपैयाँ र ट्रंकतर्फ प्रतिसिट प्रतिमिनेट ७२.३४ रूपैयाँका दरले इन्धनको मूल्य राख्ने गरिएको छ ।
भाडा सूचीः




प्रतिक्रिया