मंगलबार, जेठ ८, २०८१

प्रभु क्यापिटलकाे मेडिकल चिकित्सकलाई प्रशिक्षण कार्यक्रम

नेपालखोज २०८० असार १९ गते १६:१७

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडद्धारा ललितपुरमा मेडिकल चिकित्सकहरुको लागि आयोजना गरिएको एक दिने सेयर बजारमा लगानी सम्बन्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मीस्थान, ललितपुरमा २०८० असार १३ गते बुधबारको दिन सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्धेश्यका साथ डाक्र्टस मिट ः एक्प्लोरिङ फाईनान्सीयल मार्केट नामक उक्त कार्यक्रमको आयोजना गरिएको हो । तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले गरेका थिए भने उक्त कार्यक्रममा ३० जना भन्दा बढी चिकित्सकहरुको सहभागी रहेको थियो ।

व्यस्त समय तथा शेयर बजार सम्बन्धी पर्याप्त ज्ञान नभएकोकारण चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बताएका थिए ।

सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले शेयरबजारसँग सम्बन्धित विविधवर्कसप तथा तालिम कार्यक्रमहरु समयसमयमा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया