शुक्रबार, असार ६, २०८२

बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्तसम्म

नेपालखोज २०८० असार १९ गते १८:३८

काठमाडाैं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्त थप्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हाे ।

यस्तै, बैठकले निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

प्रतिक्रिया