भारी वर्षा र हावाहुरीकाे सम्भावना

काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको तथा कोसी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघ/गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोछ तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।
प्रतिक्रिया