महोत्तरीमा गोली चल्दा एक जना गम्भीर घाइते
नेपालखोज
२०८० असार २० गते १०:४१

काठमाडौं। महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । दुई राउण्ड गोली चल्दा महोत्तरीकै रामगोपालपुर नगरपालिका १ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुुमार गिरीका अनुसार स्थानीय ३८ वर्षीय कौशल मण्डलले यादवमाथि गोली प्रहार गरेका हुन् ।
मंगलबार साँझ सामान्य विवादको क्रममा मण्डलले यादवमाथि दुई राउन्ड गोली प्रहार गरेको बताइएको छ । यादवको कन्चट र दाहिने कुमको माथि गोली लागेको छ ।
गोली प्रहार गर्ने मण्डल र उनले प्रयोग गरेको पेस्तोल, गोलीको खोका तीन थानसहित घटनास्थलबाटै पक्राउ गरिएको छ । घाइते श्रवणको रामगोपालपुरकै जानकी एकेडेमीक हस्पिटलमा उपचार संभव नभएपछि जनकपुर लगिएको छ ।
सम्बन्धित
प्रतिक्रिया