शनिबार, जेठ ५, २०८१

लक्षित राजस्व उठाउन जिम्मेवार भइ काम गर्न अर्थमन्त्रीको निर्देशन

नेपालखोज २०८० असार २० गते १६:४४

काठमाडाैं । राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिएका छन् ।

आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर कार्यालयका कर्मचारीलाई आज निर्देशन दिँदै अर्थमन्त्री महतले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न कर्तव्यनिष्ठ भएर काम गर्न भनेका हुन् । कर्मचारी कर्तव्यबाट पन्छिन नहुने बताउँदै अर्थमन्त्री महतले सेवाग्राहीमाझ सहजरुपमा प्रस्तुत हुन पनि निर्देशन दिए ।

अहिले लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताउनुहुँदै उहाँले अर्थतन्त्रलाई गति दिनका लागि पनि राजस्व बढाउन आवश्यक रहेको बताए । भन्सारमा आधारित राजस्व नीतिले अर्थतन्त्रलाई सुधार गर्न नसक्ने र सार्वजनिक ऋणको सही सदुपयोग गर्ने विषयमा सरकार स्पष्ट रहेकाले सोही नीतिअनुसार काम गर्न पनि उनले निर्देशन दिएका छन् ।

प्रतिक्रिया