सोमबार, फागुन १४, २०८०

एमाले संसदीय दलबाट शोक प्रस्ताव पारित

नेपालखोज २०८० भदौ २८ गते १८:२८

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको आजको बैठकले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकको लोकतान्त्रिक आन्दोलन र सविधान निर्माणमा नेम्वाङले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेकोे ठहर गरेको छ ।

नेता नेम्वाङको यही भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया