सोमबार, असार २३, २०८२

जाफनाबाट पक्राउ परेका २२ भारतीय मछुवालाई रिहा गर्न अदालतको आदेश

नेपालखोज २०८० असार २० गते २१:५९

रामनाथपुरम । श्रीलङ्काको एक अदालतले २२ जना भारतीय मछुवालाई रिहा गर्न आदेश दिएको छ ।

श्रीलङ्काको जलक्षेत्रमा प्रवेश गरेको आरोपमा त्यहाँको नौसेनाले गत जुन २२ मा चार वटा भारतीय डुङ्गा नियन्त्रणमा लिएको थियो भने २२ जनालाई पक्राउ गरेको थियो । तमिलनाडुको रामनाथपुरम जिल्लाको मण्डपम र पुडुकोट्टई माछा मार्ने बन्दरगाहबाट निस्केका ती मछुवालाई श्रीलङ्काको जाफनाको डेल्फ्ट टापु नजिकैबाट पक्राउ गरिएको थियो ।

अनुसन्धानपछि उनीहरूलाई स्थानीय प्रहरी अदालतमा उपस्थित गराइएको थियो जहाँ न्यायाधीशले उनीहरूलाई जुलाई ५ सम्म न्यायिक हिरासतमा राख्न आदेश दिएका थिए । मछुआहरूलाई जाफनास्थित जेलमा थुनिएको थियो । हिरासत पूरा भएपछि, मछुवाहरूलाई फेरि अदालतमा पेश गरिएको र अदालतले उचित प्रक्रियापछि उनीहरूलाई रिहा गर्न आदेश दिएको छ ।

रिहा गरिएका मछुवाहरु केही दिनभित्रै घर फर्किने अपेक्षा गरिएको भारतीय मछुआ सङ्घले जनाएको छ ।

प्रतिक्रिया