शनिबार, जेठ ५, २०८१

घट्यो नेप्से

नेपालखोज २०८० असार २१ गते १५:३८

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से घटेको छ । अघिल्लो दिन झण्डै ४० अंकले घटेको नेप्से आज बिहिबार भने शुन्य दशमलव शुन्य छ अंकले घटेर दुई हजार ४९ दशमलव ३८ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५८ अंकले घटेर तीन सय ८२ दशमलव १६ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ८० वटा कम्पनीहरुको ६९ हजार छ सय ५५ पटकको कारोबारमा ९७ लाख ५१ हजार नौं सय ८५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब सात करोड ७४ लाख ९८ हजार तीन सय १५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा छ वटा समुहहरुको सूचक बढेर बाँकी समुहहरुको सूचक घटेका छन् । जसमध्ये बाणिज्य बैंक समुहको सूचक तीन दशमलव ६१ अंकले घटेर १२ सय दशमलव ८७ अंकमा झरेको छ भने फाईनान्स समुहको सूचक एक दशमलव ४९ अंकले घटेर १८ सय ५८ अंकमा झरेको छ ।

निर्जिवन बीमा समुहको सूचक पनि २२ दशमलव ८८ अंकले घटेर १० हजार नौं सय ८४ दशमलव ४४ अंकमा झरेकोमा लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सूचकमा पनि क्रमशः शुन्य दशमलव ५६, सात दशमलव ८९, शुन्य दशमलव शुन्य पाँच र पाँच दशमलव ५५ अंकले घटेका छन् ।

बिकास बैंक समुहको सूचक भने आठ दशमलव शुन्य पाँच अंकले बढेर तीन हजार सात सय २० दशमलव ९६ अंकमा चढेकोमा जलबिद्युत समुहको सूचक पनि २१ दशमलव ७७ अंकले बढेर २३ सय ८६ दशमलव ६७ अंकमा चढेको छ ।

यसैगरी जीवन बीमा समुहको सूचक पनि १० दशमलव ९४ अंकले बढेर ११ हजार नौं सय ७१ दशमलव ४२ अंकमा चढेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक र ट्रडिङ समुहहरुको सूचक पनि क्रमशः ८० दशमलव ५०, ३१ दशमलव ७८ र शुन्य दशमलव १४ अंकले बढेका छन् ।

नेप्सेमा आज सिटी होटल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर छ सय ७७ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मोदी इर्नर्जी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर दुई सय ५३ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

शिवम सिमेन्टको भने आज पाँच सय ९७ रुपैंयाँ अन्तिम मुल्यमा १८ करोड ५६ लाख ४२ हजार एक सय २१ रुपैंयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया