मंगलबार, असार २४, २०८२

अवैध रुपमा विदेशी विनिमयको कारोवार गर्ने व्यक्ति पक्राउ

नेपालखोज २०८० असार २१ गते १६:१२

काठमाडौं । अवैध रुपमा विदेशी विनिमय (अमेरिकन डलर) को कारोवार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार अवैधरुपमा अमेरिकी डलरको कारोबार गरेको आधारमा जिल्ला ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को बस्ने ३४ बर्षिय सनमोहन श्रेष्ठलाई पक्राउ गरिएको हो ।

केही व्यक्तिहरुले विदेशी विनिमय (अमेरिकन डलर)को अवैध रुपमा ओसारपसार गरी कारोवार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा कार्यालयबाट खटिएको टोलीले यही असार १९ गते ल.पु.म.न.पा वडा नं. ६ वकुवहालबाट सनमोहन श्रेष्ठलाई एक सय दरको अमेरिकन डलर एक सय ९८ थानको जम्मा अमेरिकी डलर १९ हजार आठ सय सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठलाई विदेशी विनिमय सम्वन्धी कसूरमा थप आवश्यक अनुसन्धान कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, पुल्चोक, ललितपुरमा पठाईएको जानकारी पनि प्रहरी उपरीक्षक रेग्मीले दिएका छन् ।

प्रतिक्रिया