आइतबार, वैशाख १६, २०८१

‘जसको चुम्बनले आँधीबेहरी ल्यायो’

नेपालखोज २०८० असार २१ गते १८:०५

काठमाठाैं । बलिउड फिल्म इन्डस्ट्रीमा धेरै स्टारहरुले सार्वजनिक रुपमा किस गरेर हंगामा मच्चाएका छन् । यो सूचीमा पहिलो नाम ओम राउत र कृति सेननको छ । आदिपुरुषका निर्देशक ओमले अभिनेत्री कृतिलाई मन्दिर परिसरमा चुम्बन गरेका थिए जसले हंगामा मच्चाएको थियो ।

सिद्धार्थ माल्या र दीपिका पादुकोणलाई क्रिकेट स्टेडियममा चुम्बन गरेको देखियो, त्यसपछि उनीहरुको कुरा धेरै कुरा सुनियो ।

अभिनेत्री रेखाले एक कार्यक्रममा ऋतिकको चिउँडोमा चुम्बन गरेकि थिइन् जुन मानिसहरुले पटक्कै मन पराएनन् ।

करीना कपुर र शाहिदले चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसका कारण उनीहरु ट्रोलको सिकार भए ।

हलिउड अभिनेता रिचर्ड गेरले एक कार्यक्रममा शिल्पा शेट्टीलाई किस गरेका थिए जसका कारण दुवै कानूनी समस्यामा समेत परे ।

फोटोसुटका क्रममा पूजा भट्ट र महेश भट्टले चुम्बन गरेका थिए । बाउछोरिको यो चुम्बन पनि बिबादमा तानियो ।

मिका सिंहले एक पटक राखी सावन्तलाई मिडियाको अगाडि चुम्बन गरेका थिए । त्यस पछि राखिले यसमा हंगामा खडा गरिन। अहिले उनिहरु बिच मिलापत्र भैसकेको छ ।

‘गदर’ को सुटिङका ​​क्रममा सनी देओलले अमिषा पटेललाई गुरुद्वारामा किस गरेका थिए, जसलाई लिएर निकै हंगामा भएको थियो ।

प्रतिक्रिया